सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कञ्‍चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

कञ्‍चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आ-आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

महेन्द्रनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आ-आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ।

यहाँ नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय पुगेर दलहरुले बाजागाजसहित बजारमा र्‍याली आयोजना गरी उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसले पार्टी सभापति पदम बोगटीलाई भीमदत्त नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको छ। उपप्रमुखमा कांग्रेसबाट निलम लेखक जोशी उम्मेदवार बनेकी छिन्। कांग्रेसले दोधारा चादँनी नगरपालिकाको प्रमुखमा गोपालदत्त भट्ट र उपप्रमुखमा गङ्गा जोशीलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी बेदकोट नगरपालिकाको प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसी जोशीलाई उम्मेदवार बनाएको छ। शुक्लाफाँटा नगरपालिकाको  प्रमुखमा कांग्रेसबाट चिन्तामणि भट्ट र उपप्रमुखमा कल्पना पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ। कृष्णपुर नगरपालिकाको प्रमुखमा हेमराज ओझा र उपप्रमुखमा द्रोपती रानाले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै कांग्रेसबाट लालझाडी गाउँपालिका अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले मनोनयन दर्ता गराएका छन्। कांग्रैसबाट बेलौरी नगरपालिका प्रमुखमा होसियार विष्ट र उपप्रमुखमा खिना भण्डारी, पुनर्बास नगरपालिका प्रमुखमा तोयानाथ शर्मा र उपप्रमुखमा भुलिया रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबण्डा नमिलेपछि एम्ला एक्लै चुनावी मैदानमा उत्रिएका हुन्।

एमालेबाट भीमदत्त नगरपालिका नगरप्रमुखमा महेशप्रसाद पन्त र उपप्रमुखमा भुवन केसी, बेदकोट नगरपालिकाबाट प्रमुखमा शुशिला सिंह र उपप्रमुखमा लक्ष्मण राना, दोधारा चादँनी नगरपालिकामा प्रमुखमा किशोर लिम्बू र उपप्रमुखमा खेमा चन्द, शुक्लाफाँटा नगरपालिकामा प्रमुखमा रणबहादुर महरा र उपप्रमुखमा मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको प्रमुखमा लोकेन्द्र पन्त र उपप्रमुखमा रमिता राना बडायक, बेलौरी नगरपालिकामा प्रमुखमा कमला बोहरा र उपप्रमुखमा जोगुराम चौधरी तथा पुनर्बास नगरपालिकामा प्रमुखमा पदम पुजारा र उपप्रमुखमा सुशिला खत्रीले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट र उपाध्यक्षमा फुलकुमारी राना तथा लालझाडी गाउँपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षामा सपना चौधरीले मनोनयन दर्ता गराएका छन्।

कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनबाट भीमदत्त नगरपालिकामा प्रमुखमा समाजवादीका राजेन्द्र पाण्डेय र उपप्रमुखमा माओवादी केन्द्रका कृष्णदत्त जोशीले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नौवटै पालिकामा उम्मेदवारी दर्ता गराएको छ। केही पालिकामा नगरप्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी समेत परेको छ।

प्रकाशित: Apr 25, 2022| 21:44 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।