शुक्रबार, असार २७, २०८२

२४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए, ३१ जिल्लामा शून्य संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ४ हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या अहिले २७१ छ। शून्य संक्रमित भएको ३१ जिल्ला पुगेका छन्।

हाल होम आइसोलेशनमा २७०, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा एक लाख २३ हजार २१० जनाले खोप लगाएका छन्। 

प्रकाशित: Apr 25, 2022| 18:08 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्