शनिबार, जेठ ४, २०८२

केही घण्टामै खरानी बन्यो कैलालीको विपतपुर (तस्बिरहरु)

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी हुँदा बस्ती नै खरानी बनेको छ। ७० भ घरधुरी रहेको बस्तीमा ५‍० भन्दा बढी घरहरु जलेर पूर्ण नष्ट भएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

भीम चौधरी

भीम चौधरी

आइतबार, वैशाख ११, २०७९

धनगढी- कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागीबाट केही घण्टामै बस्ती नै खरानी बनेको छ। ७० घरधुरी रहेको विपतुरमा ५० भन्दा बढी घरहरु जलेर पूरा नष्ट भएका छन् भने अन्य घरहरु पनि आंशिकरुपमा जलेका छन्। 

आइतबार दिउँसो १२ बजे आगलागी सुरु भए पनि धनगढी र टीकापुरबाट दमकल जान समय लागेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको प्रहरीले जनाएको छ। 

आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको रामपुरका भलमन्सा रामलाल चौधरीले बताए।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले आगलागीबाट भएको क्षतिको यकिन हुन नसकेको बताए। उनका अनुसार मानवीय क्षति नभए पनि पशु चौपाया धेरै मरेका छन्। 



 


 

प्रकाशित: Apr 24, 2022| 19:28 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।