बिहीबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसद्वारा विराटनगरको मेयरको नाम सिफारिस, उपमेयरको प्रदेशमै रोकियो

कांग्रेसद्वारा विराटनगरको मेयरको नाम सिफारिस, उपमेयरको प्रदेशमै रोकियो

नेपाली कांग्रेस प्रदेश १ समितिले विराटनगर महानगरपालिकाको मेयरका लागि १० जनाको नाम सिफारिस गरेको छ।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, वैशाख ९, २०७९

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ समितिले विराटनगर महानगरपालिकाको मेयरका लागि १० जनाको नाम सिफारिस गरेको छ।

महानगर समिति र जिल्ला समितिले सिफारिस गरेका नाममा केही थप गरी प्रदेश समितिले प्राथमिकता तोकेर नाम सिफारिस गरेको प्रदेश उपसभापति रमेशजंग रायमाझीले बताए। प्रदेश समितिले प्राथमिकताका आधारमा पहिलो नम्बरमा केन्द्रीय सदस्य अमृत अर्यालको नाम सिफारिस गरेको छ। 

र्याल पछि डा. डिला संग्रौला र तेस्रो नम्बरमा वर्तमान मेयर भीम पराजुलीको नाम सिफारिस भएको  छ। पार्टीमा योगदानका आधारमा प्राथमिकता तोकेर नाम सिफारिस गरिएको उपसभापति रायमाझीले बताए।

प्रदेश समितिले नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, गोपाल रेग्मी, रामकृष्ण भट्टराई, फूलकुमार लालवानी र अरुण गुप्ताको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ। यसअघि गरिएको सिफारिसमा नपरेका भट्टराई, लालवानी र गुप्तालाई प्रदेश समितिले थप गरेको हो। 

विराटनगरको मेयरका लागि यसअघि विराटनगर महानगर समिति र जिल्ला समितिले नागेश कोइरालाको नाम पहिलो नम्बर मा राखेर पठाएको थियो। कोइराला पार्टी संस्थापन इतर समूहका नेता हुन। महानगर समिति र जिल्ला समितिको नेतृत्व इतर समूहको रहेको छ। प्रदेश समितिको नेतृत्व संस्थापन समूह छ। प्रदेश समितिले प्राथमिकताका सहित सिफारिस गरेका अर्याल, संग्रौला र पराजुली तीनै जना संस्थापन निकटका नेताहरू हुन्।

नेपाली कांग्रेस प्रदेश समितिले उपमेयरको नाम केन्द्रीय समितिलाई सिफारिस गरेन। केन्द्रीय गठबन्धनको निर्णय अनुसार विराटनगरको उपमेयरको भाग जनता समाजवादी पार्टीलाई परेकाले महानगर र जिल्लाबाट आएका उपमेयरको नाम केन्द्रमा सिफारिस नगरिएको प्रदेश उपसभापति रायमाझीले बताए। महानगर र जिल्ला समितिले उपमेयरमा १२ जनाको नाम सिफारिस गरेको थियो।

प्रकाशित: Apr 22, 2022| 08:05 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...