शुक्रबार, असार २७, २०८२

११ जिल्लाका सबैलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ। 

मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ। 

'अहिलेसम्म कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले खोपको पहिलो मात्रा र ६६.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्,' उनले भने। यस्तै १८ वर्षभन्दा माथिका ९४ प्रतिशतले पहिलो मात्रा र ८३.२ प्रतिशतले खोपको पूर्ण मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९२ प्रतिशतले खोपको पहिलो मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। 

यस्तै गण्डकी प्रदेशमा १२ वर्षभन्दा माथिका उमेर समूहका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। प्रदेश नं १ मा ७९.२, मधेस प्रदेशमा ७३.३, बागमती प्रदेशमा ९२.३, लुम्बिनी प्रदेशमा ८५.४, कर्णालीमा ७०.१ र सुदूरपश्चिम प्रदेशमा ७५.६ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ। 

यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका, सोलुखुम्बको खम्बु पासाङ नगरपालिका, महाकुलुङ गाउँपालिका, सोटाङ गाउँपालिका र लिखुपिके गाउँपालिका सतप्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन्। 

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र खिजिडेम्बा गाउँपालिका, भोजपुरको साल्पा सिलिछो गाउँपालिका र भोजपुर नगरपालिका, झापाको बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका, मोरङको सुन्दरहरैचा र पथरी शनिश्चरे नगरपालिका तथा सुनसरीको इनरुवा नगरपालिका पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ। 

यस्तै मधेश प्रदेशमा सप्तरीको राजविराज नगरपालिका र हनुमाननगर गाउँपालिका, धनुषाको लक्ष्यमिनिया गाउँपालिका र जनकपुर उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको हरिवन, बागमती, गोडैता नगरपालिका र कौडेना गाउँपालिका तथा बाराको महागढीमाई नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको दाहालले जानकारी दिनुभयो। 

बागमती प्रदेशमा दोलखाको कालीञ्चोक र बिगु गाउँपालिका, रसुवाको पार्वतीकुण्ड गाउँपालिका, नुवाकोटको लिखु गाउँपालिका, काठमाडौँको गोकर्णेश्वर, कागेश्वरी मनहरा, तारकेश्वर, नागार्जुन, काठामाडौँ महानगर, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा सतप्रतिशतलाई खोप लगाइएको छ। भक्तपुरको चाँगुनारायण, भक्तपुर र मध्यपुरठिमी नगरपालिका तथा ललितपुरको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ।

यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका, रामेछापको मन्थली नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका, गण्डकी प्रदेशका गोरखाको धार्चे गाउँपालिका, पालुङटार गाउँपालिका, गोरखा नगरपालिका र गण्डकी गाउँपालिका, मनाङको चामे र नसोङ गाउँपालिका, मुस्ताङको डालोमे, गारपारजोङ, लोमाथाङ र तासाङ गाउँपालिका, म्याग्दीको अन्नपूर्ण र बेनी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र माडी गाउँपालिका, लमजुङको डोद्री गाउँपालिका र बेँसीसहर नगरपालिका तथा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा पनि खोपको पूर्ण मात्रा  सतप्रतिशतलाई लगाइएको छ। 

यसैगरी नवलपरासी पूर्वको गैँडाकोट, देवचुली र कावासोती नगरपालिका,  स्याङ्जाको पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, भिरकोट नगरपालिका र बालिङ नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, लुम्बिनी प्रदेशमा गुल्मीको गुल्मी दरबार गाउँपालिका, पाल्पाको रामपुर र तानसेन नगरपालिका, पश्चिम नवलपरासीको बर्दघाट र सुनवल नगरपालिका,  रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा र सिद्धार्थ नगरपालिकाका सबैले खोपको पूर्ण मात्रा लगाएका छन्। 

यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिका, दाङको लमही नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बूढीगङ्गा नगरपालिका र बैतडीको पाटन नगरपालिकामा पनि १२ वर्षभन्दा माथिका सबैले खोपको पूर्ण मात्रा लगाइसकेको खोप शाखा प्रमुख दाहालले जानकारी दिए। 

प्रकाशित: Apr 19, 2022| 22:25 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्