काठमाडौं- वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने जनाएको हो।
मन्त्रायलले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले खोप केन्द्रमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।