शुक्रबार, असार २७, २०८२

२४ घण्टामा नौ जना कोरोना संक्रमित थपिए

कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ। यसअघि सबभन्दा कम चार जनामा संक्रमण देखिएको थियो।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ। यसअघि सबभन्दा कम चार जनामा संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४०० जना रहेका छन्। पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन।

शून्य संक्रमित भएको १७ जिल्ला पुगेका छन्। मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्। 

हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन्।

प्रकाशित: Apr 16, 2022| 19:50 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्