काठमाडौं- सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय चयन भएका छन्। पाण्डे समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गणेशराज जोशीले बताए।
'१०औं महाधिवेशन र १४औं साधारणा सभाबाट नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ,' जोशीले भने।
समितिको उपाध्यक्षमा तीन जना चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण कडायत, उपाध्यक्षमा रुपा स्वार र टोपेन्द्र शाह चयन भएका हुन्।
यस्तै महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल, सहकोषाध्यक्ष यशोदा भण्डारी निर्विरोध चयन भएका छन्।
सदस्यहरूमा नवराज ओझा, दलबहादुर बोगटी, भुलिया राना, हेमन्ता शर्मा, दुर्गा जोशी, सानु चौधरी, प्रेमबहादुर चन्द निर्वाचित भएका छन्। यस्तै एक सदस्य मनोनित गर्न बाँकी रहेको जोशीले बताएका छन्।
निवर्तमान अध्यक्ष रामलाल जोशीले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।