शुक्रबार, असार २७, २०८२

योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार

अकुपञ्चर उपचार पद्धति करिब पाँच हजार वर्ष अगाडिदेखि प्रचलनमा छ। चिनियाँ सभ्यताबाट विकास भएको अकुपञ्चार उपचार पद्धति अहिले विश्वभर बैकल्पिक चिकित्सा माध्यमका रुपमा प्रचलित छ। उक्त उपचार पद्धतिमा औषधिको प्रयोगबिना उपचार गरिन्छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार गर्ने उद्देश्यले राजधानीमा एक दिवसीय ‘योगाभ्यासमा अकुप्रेसर’ विशेष तालिम आयोजना गरिएको छ। योग–ध्यान आरोग्य सञ्जाल नेपाल र ओम समाज डेण्टल अस्पतालको संयुक्त आयोजनामा ५० बढी योग चिकित्सकलाई अकुप्रेसर चिकित्साका बारेमा तालिम प्रदान गरिएको थियो। 

तालिममा सहभागीलाई क्यानाडेली अकुपञ्चरिष्ट एन्ने लेफेबभ्रेले अकुप्रेसर चिकित्साको विविध आयामका बारेमा जानकारी दिनुभएको थियो। उनले अकुप्रेसर उपचार पद्धति, उपचार प्रक्रिया र रोगानुसारको उपचार विधिका बारेमा प्रशिक्षण दिएका थिए।  

अकुपञ्चर उपचार पद्धति करिब पाँच हजार वर्ष अगाडिदेखि प्रचलनमा छ। चिनियाँ सभ्यताबाट विकास भएको अकुपञ्चार उपचार पद्धति अहिले विश्वभर बैकल्पिक चिकित्सा माध्यमका रुपमा प्रचलित छ। उक्त उपचार पद्धतिमा औषधिको प्रयोगबिना उपचार गरिन्छ। 

दुःखाइ निवारणमा अकुप्रेसरको नतिजा तुरुन्त पाउन सकिन्छ। शरीरमा ऊर्जा प्रवाहका क्रममा कुनै ठाउँमा अवरोध आएमा शारीरिक तथा मानसिक समस्या देखिने र अकुप्रेसर पोइन्टमा दबाब दिएर उक्त अवरोध खुलाएर यस उपचार पद्धतिमार्फत पूर्ववत् अवस्थामा फर्काउने गरिन्छ। 

तालिमको समापन गर्दै पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पूर्वीय दर्शनको प्राचिन विज्ञान योग र चिनियाँ सभ्यताले विकास गरेको अकुप्रेसर÷अकुपञ्चरको संयोजनबाट गरिने उपचार प्रभावकारी पाइएको बताए।  

योग–ध्यान आरोग्य सञ्जाल नेपालका संरक्षक एवं प्राकृतिक चिकित्सक डा. क्षितिज बाराकोटीले औषधिबिनाको उपचार पद्धति योग र अकुप्रेसरलाई जोडेर आरोग्यता हासिल गर्न सकिने बताए। उनले शारीरिक र मानसिक समस्यामा योग र अकुप्रेसरको संयोजनबाट उपचारमा विशेष लाभ लिन सकिने बताए।

आरोग्य सञ्जालका अध्यक्ष डा सुवास घिमिरेले प्राकृतिक उपजको उपभोग र योगाभ्यास तथा अकुपञ्चरमार्फत स्वस्थ्य जीवनयापन गर्न सकिने बताए। 


प्रकाशित: Apr 16, 2022| 05:00 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्