शनिबार, असार २८, २०८२

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५२०

देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७१५ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७१५ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३१ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५७ रहेको छ। पछिल्लो समय थप ४९ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार १६० पुगेको छ। यो दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय ५६ हजार ७३५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५२० रहेको छ। अहिले होम आइसोलेशनमा ४९६ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आईसीयूमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्। 

प्रकाशित: Apr 13, 2022| 20:21 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्