काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनुसन्धानका क्षेत्रमा भएको खर्च फजुल खर्चलाई फजुल खर्च ठान्न नहुने बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनमा उनले अनुसन्धानका क्षत्रमा भएको खर्च आवश्यक भएको बताए।
कार्यक्रममा बोल्दै उनले बागमती प्रदेश सरकारले पनि विज्ञान प्रविधि, अनुसन्धानका क्षेत्रमा काम गर्ने बताए। उनले बागमती प्रदेश स्वास्थ्य अनुसन्धान क्षेत्रका परिषद्सँग सहकार्य गर्न तयार रहेको बताए।
बागमती प्रदेशले नवप्रवर्तनका सवालमा निती पास गरेको भन्दै त्यसैको आधारमा ऐन बनाएर अनुसन्धानको क्षेत्रमा काम गर्ने बताए।