शनिबार, असार २८, २०८२

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको दोस्रो नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले स्नातक तह एकीकृत प्रवेश परीक्षाका थप कार्यक्रमको नतिजा प्रकाशन गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तह एकीकृत प्रवेश परीक्षाका थप कार्यक्रमको नतिजा प्रकाशन गरेको छ। आयोगले चैत्र २० र २१ गते सञ्चालित ९ कार्यक्रमको प्रवेश परीक्षको नतिजा प्रकाशन गरेको हो। 

आयोगले बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी मिट, बी फर्मा, बी अप्टोमेट्री, बीपीटी र बीपीएच शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा शनिबार साँझ प्रकासित भएको हो।

नतिजामा चित्त नबुझ्नेले २७ गतेदेखि २९ गतेसम्म एक हजार तिरेर पुनर्योगका लागि आवेदन दिन सक्ने जानकारी आयोगले दिएको छ। 

उत्तर पुस्तिकामा रोल नम्बर नलेखेका वा रोल नम्बरको बबल नभरेका वा गलत भरेका र प्रश्नपत्र सेटको बबल उत्तर पुस्तिका नभरेका विद्यार्थीको उत्तरपुस्तिका नजाचिएको र नतिजा पनि नआएको आयोगले जनाएको छ।

प्रकाशित: Apr 10, 2022| 10:13 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्