शनिबार, असार २८, २०८२

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट सुरु हुँदै छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट सुरु हुँदै छ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन  नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका आजदेखि तीन दिनसम्म  सम्मेलन हुँदैछ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको सम्मेलनमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिनेछ। साथै  सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रणका लागि बोलाइएको छ।  

स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा समावेश गर्न लागिएको   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिए। 

सम्मेलनको पहिलोदिन  सङ्घीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९, दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्थाजस्ता विषयमा प्रस्तुतीकरण र छलफल  हुने जनाइएको छ।

प्रकाशित: Apr 10, 2022| 08:44 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्