सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउछौं : मन्त्री आले

धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउछौं : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन्। 

कैलालीको धनगढीमा शुक्रबार धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए।

उनले भने, 'धनगढी विमानस्थल क्षेत्रीयस्तरको विमानस्थल बनाउछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउछु।' मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय स्तरको विमानस्थल बनाए यहाँबाट पोखरा, विराटनगर, भैरहवा, वीरगञ्जलगायतका ठूला सहरमा जहाज सञ्चालन गरिने र सुदूरपश्चिम क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राखे। 

'पोखरा पर्यटकको राजधानी हो, त्यो राजधानीसँग धनगढी जोडिएको छ, मैले पोखरा र धनगढीलाई जतिसक्दो चाँडै जोड्ने काम गरेर देखाउछु,' उनले भने।

मन्त्री आलेले धनगढी विमानस्थलको जमिन अधिग्रहणका लागि आफू मन्त्री भएपछि आफ्नै पहलमा एक अर्ब विनियोजन गरेको र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा पनि १० अर्ब बजेट सिलिङमा राखेर जग्गा अधिग्रहण गरी क्षेत्रीय विमानस्थल निर्माणका लागि काम सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए।

यसैगरी मन्त्री आलेले नेपाल, भारत र चीन जोड्नका लागि आफुले खुटिया, बिपीनगर, दिपायल, बझाङ उरैहुँदै चीनको ताक्लाकोटसम्म जोड्न फाष्ट ट्रयाक निर्माणको पहल थालेको पनि जानकारी दिए।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र आफू सुदूरपश्चिमकै भएकाले सुदूरपश्चिम क्षेत्रको विकास तथा विस्तारका लागि सधैँ अग्रसर रहेको जिकिर उनले गरे। मन्त्री आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताए। उनले भने, 'आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हुन्छ, पाँच किलोका ढक भन्नेलाई परास्त गरेरै छाडिन्छ।'

प्रकाशित: Apr 09, 2022| 08:25 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।