शनिबार, असार २८, २०८२

नसर्ने रोगको रोकथामका लागि बहुपक्षीय सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री खतिवडा

नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खानपान लगायत नसर्ने रोगको कारक बनेको बताए।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नसर्ने रोगहरूबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणको लागि बहु क्षेत्रीय कार्य योजना सार्वजनिक करण कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यसको नियन्त्रण तथा रोकथामका लागि सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताए। 

नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खानपान लगायत नसर्ने रोगको कारक बनेको बताए। 

गत माघमा स्वीकृत भएको बहु क्षेत्रीय कार्य योजना (२०७८/२०८२) नसर्ने रोगको व्यवस्थापन तथा मानसिक स्वस्थयको अवस्थामा सुधार ल्याउन बलियो आधार भएको उनी बताउँछन्। यसको कार्यान्वयनका लागि सबै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको उनले बताए। 

साथै सबै नीतिहरूका मूल प्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीय स्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको खतिवडाले बताए।

प्रकाशित: Apr 07, 2022| 10:00 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्