शनिबार, असार २८, २०८२

नेपालमा नौ लाख ७८ हजारभन्दा बढीलाई कोरोना संक्रमण

नेपालमा हालसम्म नौ लाख ७८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सन् २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना महामारी नेपालमा सन् २०२० को जनवरी २० मा पहिलो संक्रमण पुष्टि भएको थियो।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- नेपालमा हालसम्म नौ लाख ७८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सन् २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना महामारी नेपालमा सन् २०२० को जनवरी २० मा पहिलो संक्रमण पुष्टि भएको थियो। 

त्यसयता हालसम्म देशभर नौ लाख ७८ हजार ५२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ५५ लाख ६३ हजार ५६ जनालाई कोरोनाको पीसीआर परीक्षण गरिएको छ। 

हालसम्म कोरोना मुक्त हुनेहरुको संख्या नौ लाख ६५ हजार ७६५ पुगेको छ। निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय १७ हजार ७५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ८१२ रहेको छ। अहिले होमआइसोलेसनमा ७७१ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ४१ आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन्।  

प्रकाशित: Apr 05, 2022| 21:50 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्