शनिबार, असार २८, २०८२

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा आजदेखि

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षा आजदेखि लिने भएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षा आजदेखि लिने भएको छ। 

शुक्रबार, आइतबार र सोमबार परीक्षा सञ्चालन हुने छ। परीक्षामा एक सय ११ परीक्षा केन्द्रबाट ३४ हजार ६ सय ६५ परीक्षार्थी सहभागी हुँदै छन्।

पहिलो दिनको परीक्षामा १९ हजार पाँच सय ८, दोस्रो दिन १२ हजार दुई सय ६२ र तेस्रो दिन दुई हजार आठ सय ९५ परीक्षार्थी सहभागी हुने आयोगले जनाएको छ। आयोगले मर्यादित रूपमा परीक्षा सञ्चालन हुने जनाएको छ।

प्रकाशित: Apr 01, 2022| 06:49 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्