शनिबार, असार २८, २०८२

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा शुक्रबारबाट हुने

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ। शुक्रबारबाट परीक्षा सुरु हुने भएको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ। शुक्रबारबाट परीक्षा सुरु हुने भएको हो।

आगामी शुक्रबार, आइतबार र सोमबार परीक्षा सञ्चालन हुने छ। परीक्षामा एक सय ११ परीक्षा केन्द्रबाट ३४ हजार ६ सय ६५ परीक्षार्थी सहभागी हुँदै छन्।

पहिलो दिनको परीक्षामा १९ हजार पाँच सय ८, दोस्रो दिन १२ हजार दुई सय ६२ र तेस्रो दिन दुई हजार आठ सय ९५ परीक्षार्थी सहभागी हुने आयोगले जनाएको छ। आयोगले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै पूर्ण मर्यादित रूपमा परीक्षा सञ्चालन हुने जनाएको छ।

प्रकाशित: Mar 31, 2022| 08:10 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्