शनिबार, असार २८, २०८२

आँखाको उपचारका लागि तोकेरै बजेट छुट्याउनु आवश्यक छ– स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले आँखा उपचार सेवाका लागि तोकेरै बजेट छुट्याउनुपर्ने बताएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले आँखा उपचार सेवाका लागि तोकेरै बजेट छुट्याउनुपर्ने बताएका छन्। नेपाल नेत्रज्योति संघको ४४ औं स्थापना दिवस तथा नेत्रज्योति दिवसका अवसरमा बोल्दै खतिवडाले सरकारको बजेटमा स्वास्थ्यका लागि बजेट छुट्याए पनि आँखाको लागि तोकेरै बजेट छुट्याउन आवश्यक रहेको बताएका हुन्। 

साथै आँखा स्वास्थ्यका कुनै पनि कार्यक्रम बजेटको अभावले नरोकिने पनि उनले बताएका छन्। खतिवडाले पालिकाहरुसँग बजेट निर्माणको समयमा आँखा स्वास्थ्यमा लागि लविङ गर्नुपर्ने बताउँदै यसका लागि प्रदेश, स्थानीय तह र केन्द्र मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड  दिए।

कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले सबै जिल्ला अस्पतालहरुमा आँखा उपचार सेवा दिने योजना रहेको बताए। सम्भव भए सरकारकै कर्मचारीले सेवा दिने र सम्भव नभए नेत्रज्योति संघसँग समन्वय गरी सबै जिल्ला अस्पतालमा आँखाको उपचार सेवा दिइने पोखरेलले बताएका छन्। 

साथै नेत्रज्योति संघले आँखाको उपचार क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अब गर्ने कामहरुमा सरकारको सहकार्य रहने बताए। नेत्रज्योति संघले आगामी ५ वर्षभित्र नेपाल सरकारसँगको समन्वय र साझेदारीमा ५९९ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने, सबै जिल्ला सदरमुकाममा रहेको आँखा उपचार केन्द्रलाई सेकेण्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य लिएको जनाएको छ। संघले दिवसको अवसरमा संघको अन्धोपन निवारणका लागि योगदान गर्ने गण्डकी प्रदेश, तुलसीपुर उपमहानगरपालिका दाङ, विराटनगर अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गरेको थियो।

प्रकाशित: Mar 27, 2022| 17:09 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्