काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। शुक्रबार साँझ काठमाडौं ओर्लिएका मन्त्री आइतबार दिउँसो चीन प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। विदेशमन्त्री यी नेपालमा रहँदा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो।
विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। आइतबार स्वदेश फर्किनुअघि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूलाई भेटेका थिए।
सबै तस्बिर राससबाट