काठमाडौं- नेपाल नर्सिङ परिषद्ले नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ।
परिषद्ले परिषद्ले शनिबार दिउँसो लिएको नर्सिङ तर्फको २९औं र मिडवाइफरी तर्फको छैटौँ नाम दर्ता परीक्षाको नतिजा शनिबार राति प्रकाशन गरेको हो।
उत्तीर्ण भएका परीक्षार्थीले अनलाइनमार्फत १२ सय रुपैयाँ तिरेर प्रमाण पत्रका लागि भुक्तानी दिनसक्ने परिषद्ले भनेको छ।