शनिबार, असार २८, २०८२

२६५५ जनाको परीक्षण गर्दा ८ जना संक्रमित, ९ जिल्लामा संक्रमितको संख्या शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको हो।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७५८ जना रहेको छ। पछिल्लो समय २१० कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ९ लाख ६४ हजार ६०८ पुगेको छ। निको हुनेदर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ मात्र रहेको छ। शून्य सङ्क्रमित भएका ९ जिल्ला धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन्। नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ।

हाल होमआइसोलेसनमा एक हजार ७१७, संस्थागत आइसोलेसनमा ४१, आइसीयूमा १९ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले खोप लगाएका छन्।

प्रकाशित: Mar 26, 2022| 18:50 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्