शनिबार, असार २८, २०८२

२४ घण्टामा २७१ कोरोना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको संख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १०५ रहेको छ। पछिल्लो समय थप २७१ सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६४ हजार ३९८ पुगेको छ। 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। त्यसैगरी पछिल्लो समय ६४ हजार ३४७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६० रहेको छ। अहिले होम आइसोलेशनमा एक हजार हजार ९१६ रहेका छन्। त्यसैगरी संस्थागत आईसोलेसनमा ४४ आइसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन्। 

प्रकाशित: Mar 25, 2022| 20:00 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्