काठमाडौं– पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार ५ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ४५३ छ।
पछिल्लो २४ घण्टामा २६९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संंक्रमणमुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ। यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौं रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।
हाल होम आइसोलेसनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन्।