शनिबार, असार २८, २०८२

निजी विद्यालयलाई आघात पुग्ने कुनै निर्णय हुँदैन : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको मुल्यांकन गर्दै आघात पुग्नेगरी कुनै पनि सरकारी निणर्य नहुने बताएका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको मुल्यांकन गर्दै आघात पुग्नेगरी कुनै पनि सरकारी निणर्य नहुने बताएका छन्। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को नयाँ भवन उद्घाटन गर्दै मन्त्री पौडेलले निजी विद्यालयलाई राज्यले लगानी नगरेको र आफ्नै लगानीमा सञ्चालनमा रहेकाले निजी विद्यालयलाई समस्या हुनेगरी आवेगको भरमा कुनै निणर्य नगरीने बताए। 

उनले भने, ‘बिराले कालो होस् वा सेतो जस्तो भए पनि उसको काम मुसा मार्ने हो। त्यसैले दक्ष जनशक्ति उत्पादनमा विद्यालय सञ्चालकको ध्यान पुग्नुपर्छ। राज्यको पहिलो जोड् सार्वजनिक विद्यालयलाई सुधार गर्ने  तिर नै हो। निजी विद्यालय र सार्वजनिक विद्यालयबीचमा सहकार्य गरेर अघि बढ्न सकिन्छ।’

निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानी सुरक्षा गर्नु राज्यले दायीत्व भएकाले कुनै पनि गलत निणर्य नहुनेमा ढुंक भएर गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा केन्द्रित हुन उनले निर्देशन दिएका छन्।

मन्त्री पौडेलले शिक्षा सेवामुलक क्षेत्र भएका कारणले सकेसम्म विद्यार्थीलाई कम शुल्कमा पढाउन आग्रह गर्दै समग्र शिक्षा क्षेत्रको करीब ३० प्रतिशत भूमिका निजी विद्यालयले आगटेको र ५५ प्रतिशत महिलालाई रोजगार दिएको बताए।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका राज्य मन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा निकै चुनौति रहेको भन्दै शिक्षामा आमुल परीवर्तन गर्न संघिय शिक्षा ऐन ल्याउन आवश्यक भएको बताए। उनले भने, ‘सार्वजनिक विद्यालय र निजी विद्यालय हातेमालो गरेर अगाडी बढ्न आवश्यक छ। कानुन बन्दै छ। निजी विद्यालयले गरेको लगानीको सुरक्षाका लागि चिन्ता लिनुपर्ने अवस्था छैन।’

कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष टिकाराम पुरीले दुःख सुख जसोतसो गरेर भए पनि स्थापनाको ३१ वर्षपछि आफ्नै भवन निर्माण गर्न सक्षम भएको बताए। ‘प्याब्सनमा रहेका अग्रहजको सहयोग र उहाँहरूले देखेको सपना अनुसार भवन निर्माण गर्न सफल भएका छौं। यो सबैको साझा सम्पति हो,’ उनले भने ।

प्याब्सनले काठमाडौंको तीनकुने, सुविधानगरमा १४ करोडको लागतमा आफ्नै भवन निर्माण सम्पन्न गरेको छ।

प्रकाशित: Mar 23, 2022| 12:38 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्