काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको सिट निर्धारणका लागि सबै विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थालाई शैक्षिक कार्यक्रमबारे निर्णय लिन निर्देशन दिएको छ।
शैक्षिक सत्र २०७८/७९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनुपर्ने भन्दै आयोगले सिटिइभिटी वा विश्वविद्यालयमध्ये कुन निकायको कार्यक्रम सञ्चालन गर्ने भन्ने जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ।
आयोगले सूचना जारी गर्दै तीन दिनभित्र कुन निकायको कार्यक्रम चलाउने भन्ने स्पष्ट भई आयोगलाई जानकारी गराउन भनेको छ।
आयोगका अनुसार यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा सिटिइभिटीमध्ये कसको कार्यक्रम सञ्चालन गर्ने वा कुन कार्यक्रम सञ्चालन नहुने भन्ने स्पष्ट रूपमा आयोगमा जानकारी गराउनुपर्नेछ।