शनिबार, असार २८, २०८२

विविध कार्यक्रम गरी मनाइयो मुख स्वास्थ्य दिवस

यही अवसरमा नेपाल डेन्टल एसोसिएसनले हरेक वर्षजस्तै यस वर्ष पनि मार्च २० लाई मुख स्वास्थ्य सचेतना दिवसको रूपमा विभिन्‍न कार्यक्रम आयोजना गरी मनाएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- आइतबार विविध कार्यक्रमहरु गरी विश्‍व मुख स्वास्थ्य दिवस मनाइएको छ। मार्च २० मा विश्वका १३० भन्दा बढी देशहरूमा विश्व मुख स्वास्थ्य दिवस मनाइँदै आइएको छ।

यही अवसरमा नेपाल डेन्टल एसोसिएसनले हरेक वर्षजस्तै यस वर्ष पनि मार्च २० लाई मुख स्वास्थ्य सचेतना दिवसको रूपमा विभिन्‍न कार्यक्रम आयोजना गरी मनाएको छ। 

नेपाल डेन्टल एसोसियसनले मुख स्वास्थ्य दिवसको अवसरमा सामाजिक सञ्जालमा नागरिक सचेतना अभियानको रूपमा कुट (quackery) चिकित्सा विरुद्ध Anti Quackery भिडियो प्रतियोगिताका साथै कलाकार तथा चिकित्सक हरुबाट मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो सामग्री सम्प्रेषण गरेको हो। 

त्यसैगरी आपसी भ्रातृत्व विकास गर्न दन्त चिकित्साका विद्यार्थी, दन्त चिकित्सक तथा प्राज्ञहरुको समेत सहभागितामा काठमाडौंमा एनडीए फुटसल प्रतियोगिता गरेको एसोसियसनका अध्यक्ष डा. सुभित मास्केले जानकारी दिए। 

उनका अनुसार धरान, जनकपुर, चितवन र रुपन्देहीमा मुख स्वास्थ्यसम्बन्धी विभिन्‍न जनचेतनामुलक र्‍याली निकालिएको हो। उनले थपे, 'मोरङ, धरान, रुपन्देही, जनकपुर, चितवन र बाँकेमा नि:शुल्क दन्त परामर्श शिविर सञ्‍चालन गरेका छौं।' 

धनगढी तथा पोखरामा दन्त स्वास्थ्य सम्बन्धी गोष्ठी गरिएकोसमेत उनले जानकारी दिए। त्यसैगरी डेन्टल एसोसियसनको सहकार्यमा विभिन्न डेन्टल कलेज, अस्पताल तथा क्लिनिकहरुले मुख स्वावस्थ्य दिवसको अवसरमा विभिन्‍न कार्यक्रम, निशुल्क परामर्श सेवा तथा उपचारमा समेत छुटको घोषणा गरेको डा. मास्केले बताए। 


प्रकाशित: Mar 20, 2022| 21:13 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्