शनिबार, असार २८, २०८२

२२ हजारले लगाए कोरोनाविरुद्धको खोप, सक्रिय संक्रमित तीन हजार २४१

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २४१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव दुई प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९३ दशमलव चार रहेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- सरकारले सञ्‍चालन गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत आइतबार २२ हजारले खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २४१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव दुई प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९३ दशमलव चार रहेको छ। 

हाल भेन्टिलेटरमा रहने सङ्क्रमितको सङ्ख्या जम्मा पाँच र आइसीयूमा २७ रहेको छ। होम आइसोलेसनमा तीन हजार १८३, संस्थागत आइसोलेसनमा ५८ रहेका छन्। हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा ललितपुर, चितवान, काठमाडौँ र बाँके छन्। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, रुकुमपूर्व, जुम्ला र बाजुरा रहेका छन्। 

देशभर पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार ६१ जनाको नमूना परीक्षण गरिएको थियो।

दुई हजार ७९८ जनाको पिसीआर र एक हजार २६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३८२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ। नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ७८ हजार १५५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ४० हजार ७९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५५ लाख पाँच हजार ८४६ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ११ लाख ११ हजार ३२५ पुगेको छ। कूलमा सङ्क्रमण दर १७ दशमलव आठ प्रतिशत छ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ३९३, ललितपुर ३२२ र भक्तपुरमा ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। आज काठमाडौँमा १० र भक्तपुरमा दुई गरी काठमाडौँ उपत्यकामा १२ नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Mar 20, 2022| 21:20 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्