काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ४ सय ९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घन्टामा मृत्युदर भने सुन्य रहेको छ।
हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।