काठमाडौं– परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षामा सामेल हुन पाइने शिक्षक सेवा आयोगले जनाएको छ।
आयोगले यही चैत १५, १७, १९ र २१ गते हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेदवारले प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन सूचित गरेको हो।
आयोगले परीक्षाका लागि प्रदेश १ मा ९१, मधेश प्रदेशमा २८,बागमती प्रदेशमा ६२, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिममा ४४ गरी ३ सय ७३ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।