आइतबार, असार २९, २०८२

५० वर्षमाथिका नागरिकको नियमित स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सरकारको निर्णय

'५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको छ,' मन्त्रीको सचिवालयले भनेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- सरकारले ५० वर्षभन्दामाथिका नागरिकको मुटु, कलेजो र मिर्गौला रोगको परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जानकारी दिएको  छ।

'५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रुपमा वर्षको एकपटक निःशुल्क रुपमा गर्ने निर्णय गरेको छ,' मन्त्रीको सचिवालयले भनेको छ। 

यस्तै मन्त्रिपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ। सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल गठन गरी अध्ययन अघि बढाएको बताइएको छ। 

यसैगरी, सरकारका सबै मन्त्रीहरुले मृत्युपछि अंग लिन पाउने गरी अंगदान गर्ने निर्णयसमेत भएको मन्त्रालयको भनाइ छ।मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदास बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका छन्। 

प्रकाशित: Mar 10, 2022| 21:30 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्