आइतबार, असार २९, २०८२

थाहा पाइराख्‍नुहोस् कागतीका फाइदा

कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, म्याग्नेसियम, सोडियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के भिटामिनहरु पाइन्छ।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- कागती स्वास्थ्यको लागी एक महत्वपुर्ण फल हो। मानिसलाई दैनिक रुपमा चाहिने भिटामिन सी को ३२ प्रतिशत मात्रा कागतीमा पाइन्छ। 

कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, म्याग्नेसियम, सोडियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के भिटामिनहरु पाइन्छ। 

क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ कम मात्रामा पाइने भएकोले कागती स्वास्थ्यका लागि अत्यन्तै राम्रो फल हो। यसले तौल नियन्त्रण गर्ने, क्यान्सर लाग्न नदिन र पाचनशक्ति बढाउने, कब्जियत, ग्यास्ट्रिक जस्ता समस्याको उपचार हुन्छ। 

क्यान्सरका कोष बढ्न दिँदैन

कागती क्यान्सर रोगीका लागि उपयोगी फल हो। यसले क्यान्सरका कोष बढ्न नदिने चिकित्सकहरुले बताएका छन्। एन्टीअक्सिडेन्टका फोटोकेमिकल्सहरु जस्तै फ्लोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइड  जस्ता तत्वहरु कागतीमा पाइन्छ। जसले मद्दतले क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ। यसले स्तन, पेट, फौक्सो, म्रिगौला, ब्लड क्यान्सरका कोष दिँदैन। 

उच्च रक्तचापका बिरामीलाई उपयोगी 

कागतीमा पोटासियमको मात्रा बढि हुन्छ। जसले उच्च रक्तचाप, रिंगटा लाग्ने, वाकवका लाग्ने जस्ता समस्याबाट मुक्त गर्छ।  यसका साथै कागतीको जुसले उदासीपन र तनाव हटाएर स्फूर्ति जगाउन पनि सहयोग गर्छ। 

रुघा र ज्वरो नियन्त्रण

कागतीमा पाइने भिटामिन सीका कारण रुघा र ज्वरोका साथै मलेरिया र हैजा जस्ता रोगबाट बताउँछ। त्यस्तै मधुमेह, बाथ रोग, आँखाको समस्या, झाडापखाला रोकथाम्, दाँतको समस्याका लागि उपयोगि छ। 

तौल नियन्त्रण गर्न उपयोगी 

कागतीमा पाइने साइट्रिक एसिडले शरीरको मोटोपन हटाउन मद्दत गदर्छ। मोटोपनको समस्यामा रहेका जोकोहीले तातो पानीमा एउटा कागतीको रस हालेर नियमित पिउने गर्नाले शरीरलाई सन्तुलनमा राख्छ। 

छालाको चमक बढाउने फल

कागती सुन्दरताका लागि पनि प्रयोग हुन्छ। यसमा पाइने एक एसिडले छालाको मृत कोष हटाई चाउरी पर्नबाट रोक्नुका साथै दाग बस्न दिँदैन। यसको प्रयोगले डण्डीफोरको समस्याबाट पनि जोगाउँछ। 

यो उपयोगितासँगै बढी मात्रामा कागतीको प्रयोग भएमा स्वास्थ्यमा प्रतिकुल प्रभाव पनि पर्दछ। धेरै कागती प्रयोग गरेमा गिजाको समस्या बढ्नुका साथै दाँतको इनामेलमा समस्या आउँछ। त्यस्तै क्यान्सरको घाउलाई बढी दुखाउने, छिटो पिसाब लाग्ने जस्ता समस्या आउँछन्। 

प्रकाशित: Mar 05, 2022| 07:34 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्