काठमाडौं- आगामी वैशाख ९ देखि ११ गतेसम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो-२०२२’ हुने भएको छ। कोरोना जोखिमका कारण स्थगित भएको ‘नेपाल फर्मा एक्स्पो-२०२२’ आगामी वैशाख ९ गतेदेखि चितवनमा गर्न लागिएको नेपाल औषधि उत्पादक संघले जनाएको छ।
सन् २०२१ मै हुने भनेर तय भएको फर्मा एक्स्पो कोरोना संक्रमणको जोखिम बढेपछि केही समयका लागि स्थगित भएको थियो। संघका अध्यक्ष प्रज्वल जंग पाण्डेका अनुसार नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुराउन, औषधी प्राविधिक, व्यवसायीमा अन्तराष्ट्रिय ज्ञान आदानप्रदान गर्ने उदेश्यले एक्स्पो गर्न लागिएको हो।
नेपाली औषधि कम्पनीहरुले उत्पादनमा प्रयोग गर्ने प्रविधि, कच्चा पदार्थ, लगायतका विषयमा जानकारी दिन नेपाल औषधी उत्पादक संघले हरेक दुई वर्षमा फर्मा एक्स्पो गर्दै आएको छ।
एक्स्पोमा १६० वटा स्टल रहने जनाइएको छ। साथै औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधी उद्योगहरुले एक्स्पोमा भाग लिने जनाइएको छ।