आइतबार, असार २९, २०८२

छाती नचिरी मुटुको सफल अपरेसन

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिय गरेको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिय गरेको छ। टीएभीआई पद्धतिबाट नेपालमै पहिलोपटक मुटुको सफल उपचार भएको हो।

यही गत फागुन १६ गते ८० वर्षिया महिलाको उक्त पद्धतिबाट सफल उपचार गरिएको अस्पतालका निर्देशक चन्द्रमणि अधिकारीले जानकारी दिए। यस उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिने अधिकारीले बताए। 

प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने उनले जानकारी दिए।  विरामीलाई बेहोस गरी छाती र मुटु चिरेर शल्यक्रिया गर्न नपर्ने भएकोले जटिलता कम हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ। यद्यपि, यो पद्धति ८० वर्ष माथिका बिरामीको लागि मात्रै उपयुक्त हुने अधिकारीले बताए। 

यस पद्धतिको उपचारबारे अध्ययन  सन् २००० देखि मात्रै भएको हो। त्यसैले यसको दीर्घकालिन समस्या के हो भन्ने अध्ययन भइरहेको हुँदा ८० वर्ष भन्दा कम उमेरमा यो पद्धति लागू नगरिएको उनले बताए।

प्रकाशित: Mar 04, 2022| 17:19 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्