आइतबार, असार २९, २०८२

यौन सम्पर्कले हृदयाघातको सम्भावना कम, आयु १० वर्ष बढ्छ

मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्छ। हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढ्छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- यौनक्रीडा एक प्रकारको व्यायाम हो। यसले मुटुलाई फाइदा गर्छ। मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्छ। हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढ्छ। 

अधिकांश मुटुरोगीहरूले यौन सम्पर्कले मुटुमा दबाब पर्ने अनुमान गरी यौन सम्पर्कबाट टाढा रहन खोज्छन्। तर त्यसो गर्नु नहुने चिकित्सकहरू बताउँछन्। मुटुरोग विज्ञ डा.प्रकाशराज रेग्मीका अनुसार यौनक्रीडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तलामाथि भर्‍याङ चढ्नु बराबर हो।

छातीमा पीडा उत्पन्‍न नभई दुई तला माथि भर्‍याङबाट चढ्न सकिन्छ भने यौनक्रीडाको भार मुटुले सजिलै धान्‍न सक्छ। यदि छातीमा पीडा उत्पन्‍न हुन्छ भने यौनसम्पर्कका बेला कममात्र श्रम प्रयोग गर्नुपर्छ। 

कतिपय पुरुष मुटुरोगीहरूले यौन दुर्लभताको अनुभव गर्छन्। धेरैजसो अवस्थामा यो मनोवैज्ञानिक कारणबाट हुन्छ। यसका अलावा डिप्रेसनका कारण पनि हुन्छ। कहिलेकाहीँ सेवन गरिरहेको कुनै औषधिका कारण पनि यौन दुर्लभता भएको हुन सक्छ। यसको उपचार सम्भव छ। आफ्नो चिकित्सकसँग संकोच नमानी यसका विषयमा परामर्श लिनुपर्छ। हृदयाघात भएको कति समयपछि यौनसम्पर्क गर्दा हुन्छ ? भन्ने प्रश्न पनि बिरामीको मनमा हुन्छ। यो कुरा उनीहरू डाक्टरलाई पनि भन्ने गरेका हुँदैनन्। चिकित्सकहरूका अनुसार हृदयाघातको शल्यक्रिया गरेको चार हप्तापछि यौन सम्पर्क राख्दा हुन्छ। तर आफ्नो अन्य स्वास्थ्य अवस्था भने विचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्। 

प्रकाशित: Mar 04, 2022| 05:30 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्