मंगलबार, जेठ ७, २०८२

दिपायल विमानस्थलको स्तरोन्‍नति हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन्। यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

डोटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन्। यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।

उनले भने, 'दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छु, चाँडै नै यहाँ ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी गृहकार्य अगाडि बढाएका छौँ, काम सुरु हुन्छ।'

दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले केही महिना पहिले रु १८ करोड बजेट विनियोजन गरेका थिए। 

विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाँडै बोलपत्र प्रक्रिया गरी काम सञ्चालन हुनेसमेत मन्त्री आलेले जानकारी दिए।

दिपायलसहित अछाम, बाजुरा, बझाङ, बैतडी तथा दार्चुला विमानस्थलको स्तरोन्‍नति तथा नयाँ निर्माण हुने डडेल्धुरा विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले ती विमानस्थलको काम पनि चाँडै सुरु हुने बताए। उनले भने, 'बन्द अवस्थामा रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलमा अब नियमित जहाज चलाउन मिल्ने गरी काम हुने छ, पर्यटक तथा नागरिकको सहजताका लागि सबै विमानस्थल सञ्चालन हुन्छन्।'

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक बजेट विनियोजन भई थप कार्यक्रम सुरु भइरहेको जानकारी दिए। उक्त विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणसहितका कामका लागि मन्त्री आलेले रु एक अर्ब बजेट विनियोजन गरेका थिए। 

प्रकाशित: Feb 26, 2022| 22:15 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।