काठमाडौं- पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा २७५ जनामा कोभिड संक्रमण भएको पाइएको हो।
शुक्रबार ५ हजार ४५२ जनाको पीसीआर रिपोर्ट प्राप्त हुँदा १५८ जनामा र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षणको रिपोर्ट प्राप्त गर्दा ११७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ५५५ जना कोभिड संक्रमणमुक्त भएका छन्। हाल ९ हजार २८० सक्रिय सङ्क्रमित छन्। नेपालमा हालसम्म ११ हजार ९३२ जना कोभिड संक्रमितको मृत्यु भएको छ।