काठमाडौं- वीर अस्पतालमा ननकोभिड बिरामीका लागि आइसियू तथा एचडियू सेवा थप गरिएको छ। अस्पतालको सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियूसहित २९ बेड सहितको सेवा थप गरीएको हो।
अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि ५० वटा आइसियू सञ्चालन गर्ने क्षमता भएपनिहालललाई १८ वटा आइसीयू मात्र सञ्चालन गरिएको छ।
वीर अस्पतालमा यसअघि ३५ वटा आइसीयू बेड पुरानो भवनमा सञ्चालनमा रहेको छ। बिरामीको चाप बढी भएकाले बेड थप गरिएको बस्नेतले बताए। अस्पतालमा अब ननकोभिड बिरामीका लागि मात्र ६४ आइसियू तथा एचडियू बेड पुगेको छ।