सोमबार, असार ३०, २०८२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा‍‍. विकास लामिछाने नियुक्त

उपकुलपति सिफारिस गर्न गठित सिफारिस समितिले सिफारीस गरेको तीनजनाभित्र नपरेका लामिछाने उपकुलपति नियुक्त भएका हुन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्।

उपकुलपति सिफारिस गर्न गठित सिफारिस समितिले सिफारीस गरेको तीनजनाभित्र नपरेका लामिछाने उपकुलपति नियुक्त भएका हुन्। 

यसअघि प्रतिष्ठानकी उपकुलपति रहेकी प्रा डा संगीता भण्डारीको गत मंसिर २६ मा पदावधि सकिएपछि पुस ७ मा प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुला गरिएको थियो। जसमा १६ जनाको आवेदन परेको थियो। आवेदनबाट प्रतिष्ठानको उपकुलपति सिफारिस गर्न गठित सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो। 

समितिले पहिलो चरणमा मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा.डा. नारायण विक्रम थापा, मनिपाल अस्पतालका प्राध्यापक डा. प्रदीप घिमिरे शर्मा, शहिद गंगालाल हृदयरोग केन्द्रका प्राडा. रामेश कोइराला, न्याम्सका प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा. विकास लामिछानेलाई राखेको थियो। उनीहरुमध्येबाट पनि समितिले ३ जनाको नाम सिफारिस गरेको थियो। 

मन्त्रालय स्रोतका अनुसार प्राडा ऋषिकेशनारायण श्रेष्ठ, प्राडा नारायणविक्रम थापा र प्राडा रामेश कोइरालाको नाम सिफारिस गरेको थियो। तर तीनजनाभित्र नाम नै सिफारीस नभएका लामिछाने उपकुलपतिमा नियुक्त भएका हुन्।

कुलपतिसमेत रहेका देउवाले उपकुलपतिको रुपमा सिफारिस नभएका डा. लामिछानेलाई नियुक्त गरेका हुन्। सिफारिसमा नै नपरेका डा लामिछानेलाई उपकुलपति बनाइएपछि चलखेल भएको हुन सक्ने चर्चा मन्त्रालयकै कर्मचारीहरूबीच हुन थालेको छ। 

प्रकाशित: Feb 22, 2022| 15:28 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्