सोमबार, असार ३०, २०८२

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइने

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ। यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- ललितपुर महानगरपालिकामा कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाइने भएको छ।महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई सोमबार र मंगलबार बुस्टर डोज खोप लगाइने महानगरले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ। यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। खोप लगाउनक लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।

प्रकाशित: Feb 21, 2022| 08:50 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्