सोमबार, असार ३०, २०८२

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने सरकारको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसका लागि चैत मसान्तसम्ममा चालू शैक्षिक सत्र सक्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै विद्यालयले वैशाखमा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सञ्चालन गरिसक्नु पर्नेछ र त्यसको एक सातापछि नतिजा प्रकाशन गर्नुपर्ने छ। 

वैशाखमै नयाँ विद्यार्थी भर्ना प्रक्रिया तथा पाठ्यपुस्तक व्यवस्थापन सकेर जेठ १ गतेबाट शैक्षिक सत्र प्रारम्भ हुने उनले बताए।स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै सक्नुपर्ने मन्त्रालयले जनाएको छ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको पठनपाठन फागुनमा सुरु भएसँगै सरकारले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारी गरेको हो।

मन्त्रालयको निर्णयअनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चैत मसान्तसम्म विद्यालयको पठनपाठन सक्ने, विद्यालयले लिने सबै प्रकारका परीक्षा वैशाख मसान्तसम्म सक्ने कार्यलाई सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय ईकाइलाई निर्देशन दिएको छ।

प्रकाशित: Feb 17, 2022| 14:02 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्