काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९ हजार ७५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा १ हजार ६०० जना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ।
यो साता ५८ हजार ७६४ जनाको पिसीआर परीक्षण गर्दा ५ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ भने २३ हजार २३ एन्टिजेन परीक्षण गर्दा २ हजार २५४ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
हाल नेपालमा १८ हजार २५१ जना सक्रिय संक्रमित छन्।