मंगलबार, जेठ ७, २०८२

नयाँ बानेश्वरमा तनाव [फोटोफिचर]

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- एमसीसीविरुद्ध प्रर्दशन उग्र बनेपछि प्रहरीसँग झडप भएको छ। बुधबार दिउँसो १ बजे संसद्‍ भवनमा बैठक सुरु हुनुअघिदेखि नै सुरु भएको प्रदर्शन संसद्‍ बैठक चल्दा नयाँबानेश्वर क्षेत्र भने तनावपूर्ण बनेको थियो। 

एमसीसी संसदमा टेबल नगर्न दबाब दिँदै आएका सत्तारुढ माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्। 

एमसीसीको विरोधमा नयाँबानेश्वर-बबरमहल-माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ। 

प्रहरीले आन्दोलन नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी प्रहरीले पटकपटक आन्दोलन तितरबितर पार्ने प्रयास गरेको थियो। सोक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। झडपमा केही प्रहरीपनि घाइते भएका थिए। 

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस भने एमसीसी संसदबाट तत्काल पास गर्नुपर्ने पक्षमा छ।

प्रकाशित: Feb 16, 2022| 16:09 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।