काठमाडौं- एमसीसीको विरोधमा बुधबार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्। बन्द आह्वान भएसँगै बिहान सुनसान बनेको काठमाडौंमा बिस्तारै चहलपहल बढ्न थालेको छ।
सुरक्षा व्यवस्था बलियो पारेसँगै काठमाडौंमा चहलपहल बढेको हो। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका छन्।
काठमाडौं उपत्यकाका सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएसँगै चहलपहल बढ्न थालेको हो। प्रहरीकाअनुसार बिहान फाट्टफुट्ट गुडिरहेका गाडी यतिबेला भने निर्वाध रुपमा चल्न थालेका छन्।