सोमबार, असार ३०, २०८२

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चार हजारभन्दा बढी सार्वजनिक विद्यालय छानिए

सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले यस कार्यक्रममा आवेदन दिएका चार हजार १५७ विद्यालयलाई छनोट गरेको हो।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोट भएका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले यस कार्यक्रममा आवेदन दिएका चार हजार १५७ विद्यालयलाई छनोट गरेको हो।

यश कार्यक्रम अन्तर्गत  ९७६ वटा चारकोठे भवन निर्माण गरिने भएको छ। यस्तै, दुईकोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र २१ नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको छ।

मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपैयाँ, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाँ छुट्ट्याइएको छ।

गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयलाई  ३३ करोड ६० लाख अनुदान र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरोन्नतिका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्ट्याइएको छ।

बजेटमा राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्ट्याएको थियो। विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्ट्याइने मन्त्री पौडेलले जानकारी दिए।

‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौँ। निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई पनि सम्बोधन गर्छौँ।’

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए। जसमध्ये सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालयले नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए।

प्रकाशित: Feb 15, 2022| 09:20 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्