काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यही अवधिमा देशभर ५२१ कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ। आइतबारसम्म सक्रीय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ । २४ घण्टामा ५६ हजार १२ जनाले खोप लगाएका छन् ।