काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २० हजार ९८९ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आजको संक्रमणदर ५.३७ प्रतिशत हो। २४ घण्टामा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ। । आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ छ।