काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक तथा सेमेस्टर परीक्षा प्रणालीका नियमित,आंशिक र प्राविधिक शिक्षातर्फ विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ।
शुक्रबार सीटीईभीटीले सुचना जारी गर्दै विभिन्न विषयका परीक्षाहरु फागुन ६ गते बिहान ७ बजे देखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गेरेर सम्बन्धित शिक्षण संस्थामा नै सञ्चालन हुने जनाएको हो।
सीटीईभीटीले खुलाएको आवेदन फारम भरेका विद्यार्थी मात्र परीक्षामा सहभागि हुन पाउने कार्यालयले जनाएको छ।