काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२–२३ का लागि नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ, कृषि तथा पशुविज्ञान विषयमा स्नात्तकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।
मन्त्रालयले ६४ जनाको लागि खुला गरेको आवेदनमा पुरुष तर्फ ३८ जना र महिलातर्फ २६ जनाले आवेदन दिन सक्नेछन्।
मन्त्रालयले इच्छुक विद्यार्थीले माघ २८ गतेदेखि फागुन ५ गतेसम्म छात्रवृत्ति शाखा केशरमहलमा दरखास्त दिन सक्ने जनाएको छ। परीक्षामा सहभागी हुन त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तिर्ण भएको हुनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।