काठमाडौं- बागमती प्रदेशमा १८ वर्ष माथिका लक्षित समुहमा ९० प्रतिशत भन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। बागमती स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका ९५ प्रतिशत छन्।
मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्म उमेर समूहका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसंख्या ७ लाख ३६ हजार ४४२ जना छ भने १८ वर्ष उमेरमाथिका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसंख्या ४२ लाख ३ हजार १४४ रहेको छ।
मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्म उमेर समूहका ३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्। बागमती प्रदेशमा लक्षित जनसंख्याको ९४.५ प्रतिशतले पहिलो मात्रा, ९०.२ प्रतिशतले दोस्रो मात्रा र ७.३२ प्रतिशतले तेस्रो मात्रा खोप लगाइसकेका छन्।
सरकारले सार्वजनिक सेवा लिँदा खोप कार्ड अनिवार्य गरेपछि कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ।